सांग्रिला डेभलपमेन्ट बैंकले ११.९४% ब्याजदरमा सेयर कर्जा दिने

0
Shares

 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुलभ ब्याजदरमै सेयर कर्जा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरि ११.९४ प्रतिशत ब्याजदरमै सांग्रिला सेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकले यस योजनामा ५० लाख रुपैयाँसम्मको सेयर कर्जा उपलब्ध गराउनेछ । बैंकले सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै उक्त कर्जा उपलब्ध गराउने भएको हो । सेयर कर्जा योजना अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुसार कर्जा सीमा थप–घट गर्न सक्नेछन् । कर्जा प्रक्रियाका लागि बैंकले ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने बै.कले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।