त्रिवेणी ग्रुपको ग्रीन भेन्चर्सको खुद नाफा ३२ करोड नजिक, बिक्री आय ६३ प्रतिशत बढ्यो

0
Shares

ब्यापारिक घराना त्रिवेणी ग्रुपको लगानीमा सञ्चालित ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७९/८० मा १९० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आज सार्वजनिक वित्तीय विवरणका अनुसार ग्रीन भेन्चर्सले चौथो त्रैमाससम्म ३१ करोड ९० लाख ५५ हजार रूपैयाँ बढी खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १० करोड ९८ लाख ४९ हजार रूपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा कम्पनीले २० करोड ९२ लाख ६ हजार बढी खुद नाफा गरेको हो ।

कम्पनीको विद्युत बिक्री आम्दानी करिब ६४ प्रतिशत बढेर १ अर्ब ५४ करोड ४५ लाख १५ हजार रूपैयाँ बपुगेको छ । अघिल्लो आवमा ९४ करोड २५ लाख रूपैयाँ विद्युत विक्री आम्दानी गरेको थियो । कम्पनीको वित्तीय खर्च ४१.८३ प्रतिशत बढेर ६४ करोड ३३ लाख ९० हजार रूपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रूपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १० रूपैयाँ २१ पैसा र नेटवर्थ १०७ रूपैयाँ २२ पैसा छ । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३७.७१ प्रतिशत छ । कम्पनीको सेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) अघिल्लो वर्ष ९ करोड ३५ लाख रूपैयाँ ऋणात्मक रहेकोमा विद्युत बिक्री भई आम्दानी बढेपछि २२ करोड ५५ लाख २५ हजार रूपैयाँ सञ्चित भएको छ ।

ग्रीन भेन्चर्स लिमिटेडले ७ अर्ब ६८ करोड ९ हजार रूपैयाँ दीर्घकालिन कर्जा उपयोग गरेको छ । यस्तै कम्पनीको अल्पकालिन कर्जा ४० करोड १ लाख रूपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।