लाइफ इन्स्योरेन्स कर्पोरेशनले अधिकतम ६४ रूपैयाँसम्म बोनस दर दिने

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले प्रतिहजार अधिकतम ६४ रूपैयाँसम्म बोनस दर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृति भएकाले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ बोनस दर निर्धारण गरेको हो ।

कम्पनीले निर्धारण गरेको अधिकतम बोनस दर बाल सावधिक बीमा योजनामा लागू हुनेछ । यस योजना अन्तर्गत १५ देखि १९ वर्ष अवधिमा ५१ रूपैयाँ २० देखि २४ वर्ष अवधिका लागि ५५ रूपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६३ रूपैयाँ र ३० वर्षभन्दा माथीको अवधिका लागि ६४ रूपैयाँ बोनस दर निर्धारण गरिएको हो ।

अधिकतम बोनस दर रहेको यो बीमालेख १५ ओटा जारी भएको छ । कम्पनीले सावधिक बीमा योजनाका लागि ५१ रूपैयाँदेखि ६१ रूपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ । सावधिक बीमा योजना अन्तर्गत जीवन बीद्या, जीवन साथी, जीवन श्री र जीवन आनन्द नामको बीमालेख जारी गरिएको छ ।

त्यस्तै धन वृष्टि योजनाका लागि अधिकतम ५६ रूपैयाँ, धनफिर्ता योजनाका लागि अधिकतम ६० रूपैयाँ, बाल ममता र बाल स्नेह योजनाका लागि अधिकतम ६० रूपैयाँ, जीवन तरंग र नयाँ जीवन तरंग योजनाका लागि अधिकतम ५५ रूपैयाँ, लघु सावधिक योजनाका लागि अधिकतम ४१ रूपैयाँ र जीवन बचत योजनाका लागि अधिकतम ६१ रूपैयाँसम्मको बोनस दर निर्धारण गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।