भिजन लुम्बिनीले पायो ३८ करोड २५ लाखको आईपीओ बिक्री अनुमति

0
Shares

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ३८ करोड २५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न अनुमति पाएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले भदौ ५ गते मंगलबार भिजन लुम्बिनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी सो संख्यामा सेयर बिक्रीको अनुमति पाएको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ बराबरको २० प्रतिशत सार्वजनिक निष्कासन गर्ने भएको हो ।

कम्पनीले कास्कीको माछापुच्छे गाउँपालिका स्थित २५ मेगावाट विद्युत क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।