मल्टीपर्पस फाइनान्सको हकप्रद खुल्यो


मल्टीपर्पस फाइनान्सले हकल कायम चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद बिक्री सुरु गरेको छ । भदौ १० गतेदेखि हकप्रद शेयर निष्काशन सुरु गरेको फाइनान्सले भदौ ३१ गते निष्काशन बन्द गर्नेछ ।

अहिले फाइनान्सको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ छ । ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम ८० करोड पुँजी कायम गर्न फाइनान्सले हकप्रद निष्काशन गर्न लागेको । निष्काशन सुरु भएको हकप्रद सूचीकरण पश्चात पनि फाइनान्सले १७ करोड ८० लाख रुपैया पुँजी बिस्तार गर्नुपर्ने हुन्छ ।

फाइनान्सले ३५ प्रतिशतले हुन आउने १५ लाख ८२ हजार कित्ता हकप्रद निष्काशनका लागि गत साउन १२ गते नै सेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेको छ ।

फाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका साथै फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखाका साथै मेरोसेयरबाट हकप्रदमा आवेदन दिन सक्छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिममा रहेको बुझाउँछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।