सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक तर्फको शेयर बिक्रीमा ल्याएको छ । सिटिजन्सले ४ हजार ४९० दशमलव ३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापकतर्फको सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धित बैंकको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवदेन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।