नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. चन्द्र बहादुर अधिकारी

0
Shares

नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. चन्द्र बहादुर अधिकारी नियुक्त भएाक छन् । बैंक सञ्चालक समितिको भदौ ११ को निर्णयबाट डा. अधिकारीलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको थियो ।

नवनियुक्त सञ्चालक अधिकारीले भदौ १३ गतेका दिन सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाल ज्ञवालीबाट सञ्चालक पदको पद तथा गोपनियताको सपथ ग्रहण गरेको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।