श्रीलङ्कामा आर्थिक सङ्कटपछिकै सबैभन्दा कम मुद्रास्फीति

0
Shares

सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ ।

यो गत वर्षको अकल्पनीय आर्थिक सङ्कटपछिको सबैभन्दा कम भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।

गत सेप्टेम्बरमा ६९.८ प्रतिशत रहेको मुद्रास्फीति दर जुलाईमा ६.३ प्रतिशत भएको र अगस्टमा आइपुग्दा ४.० प्रतिशतमा झरेको हो ।

श्रीलङ्काको केन्द्रीय बैंकले यो आँकडाले आफ्नो देशको मुद्रास्फीतिको घट्दो प्रवृत्तिलाई निरन्तरता दिने अपेक्षा गरेको छ ।

आर्थिक सङ्कटका कारण श्रीलङ्काले गत वर्ष ४६ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न पनि नसकेपछि मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट चार वर्षको लागि २.९ अर्ब अमेरिकी डलर कर्जा प्राप्त गरेको थियो ।

आईएमएफको एक टोली यसै महिना कोलम्बोमा श्रीलङ्काको सङ्कटग्रस्त वित्तको प्रगतिको समीक्षा गर्न र थप ३३ करोड अमेरिकी डलर ऋण किस्ता जारी गर्ने निर्णय गर्न कोलम्बोमा आउनेछ । खराब आर्थिक सङ्कट व्यहोरेको पछिल्लो अवस्थामा ‘सुधारको अस्थायी सङ्केत’ देखिएको अन्तर्राष्ट्रिय ऋणदाताले जनाएको छ भने कोलम्बोलाई अझै कडा सुधारहरू अगाडि बढाउन आवश्यक रहेको चेतावनी दिएको छ ।

गत वर्षको आर्थिक सङ्कटका कारण महिनौंसम्म नागरिक अशान्ति मच्चिएको थियो जसले अन्ततः तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेको थियो।

उनका उत्तराधिकारी रानिल विक्रमासिङ्घेले आर्थिक सुधारका लागि करको दायरा दोब्बर पारेका थिए, ऊर्जा क्षेत्रमा दिइएको उदार अनुदान हटाउनुभएको थियो र राज्यको राजस्व बढाउनका लागि प्राय वस्तु तथा सेवाहरूको मूल्य बढाएको छ । सुधारको यस्तै प्रयास स्वरूप सरकारले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा ११.२ प्रतिशतसम्म वृद्धि गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।