सेयर बजारमा ३० अंकको पहिरो, १ अर्ब १८ करोडको कारोबार

0
Shares

साताको पहिलो दिन आइतबार सेयरबजार परिसूचक नेप्से झण्डै ३० अंकले ओरालो लागेको छ । कारोबारमा आएका सबै समुह राताम्मे रहेको बजारमा नेप्से २९.८१ घटेर १९६०.७८ विन्दुमा झरेको छ।।

आइतबार नेप्सेमा ४० लाख ५३ हजार ३६८ कित्ता शेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा कारोबार भएको छ । यस दिन नेप्से परिसूचक घटेपनि कारोबार रकम सामान्य बढेको हो । अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको सेयर खरिदबिक्री भएको थियो ।

यस दिन नेप्से घटेपनि थ्रीस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लिबर्टी इनर्जी र सिटि होटलको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन सोल्टी होटलको सेयर ३ करोड ८८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भयो।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।