माथिल्लो मैलुङ खोलाको आईपीओ बाँडफाँड

0
Shares

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको निमित्त निष्काशित गरेको साधारण सेयरको बाँडफाँड गरेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साउन ४ देखि साउन १८ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको उक्त आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को अधिनमा रहि भदौ १८ गते सोमबार बाँडफाँड गरिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट माग गरे भन्दा अधिक अर्थात कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये रीतपूर्वक आवेदन दिई योग् आवेदकमध्ये १५ हजार जना आवेदकहरुलाई सेयर बाँडफाँड गरिएको हो । उच्च मागका कारण सबै आवेदकलाई सेयर अपुग भएपछि बाँडफाँड गोलाप्रथाबाट गरिएको थियो । निर्देशिका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई छुट्याइएको सेयर १५ हजार जनाले गोलाप्रथबाट १० कित्ताका दरले हात पारेका हुन् ।

कुल आवेदकको ५५.०८ प्रतिशतले गोलाप्रथाबाट आईपीओ पाएका हुन् । आईपीओमा कुल २७ हजार २३३ वटा आवेदन मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट ६ लाख ५० हजार ७० कित्ता माग गर्दै आवेदन परेको थियो । जसमध्ये ४४.९२ प्रतिशत आवेदकको हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणमा जारी हुने १५ लाख कित्ता सेयरको दश प्रतिशतले हुन आउने प्रति सेयर १०० अंकित दरको १ लाख ५० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पुँजी १ अर्ब रहेको छ । जसमध्ये १५ प्रतिशत (१५ लाख) सेयर सर्वसाधारण र १० प्रतिशत (१० लाख) सेयर स्थानीयलाई बिक्री हुनेछ ।

कसरी हेर्ने बाँडफाँडको नतिजा ?

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर बाँडफाँड सम्बन्धी नतिजा विभिन्न चार तरिकाबाट हेर्न सकिन्छ ।

१. धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेवसाइट
२. निष्काशन कम्पनी माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको वेवसाईट
३. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट आईपीओ नतिजा हेर्नका लागि सञ्चालित वेवसाईट
४. मेरो सेयरमा गई आईपीओ भरेको स्थान माई आश्वा–एप्लीकेसन रिपोर्ट मार्फत

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशित सेयर बाँडफाँडसँगै बाँडफाँडमा नपरेको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत रोक्का रहेको रकम फुकुवा हुने क्यापिटलले जनाएको छ । क्यापिटलले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई मार्फत आवेदन दिई बाँडफाँडमा नपरेका लगानीकर्ताको रकम फुकुवा गर्न समेत अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।