इन्टरनेटको गुणस्तर बढाउन जेडटिइसँग क्लासिक टेकको साझेदारी

0
Shares

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो भरपर्दो र उच्च गुणस्तरीय नेटवर्किङ कम्पोनेन्टहरूका लागि परिचित अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनी जेडटिइ कर्पोरेशनसँग साझेदारी घोषणा गरेको छ।

यो साझेदारीले इन्टरनेट सेवाको क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा हुने कम्पनीले जनाएको छ।

कम्पनीले आफ्नो नेटवर्क पूर्वाधार विस्तार गर्न जेडटिइसँग हात मिलाएको हो। कम्पनीले आफ्ना ग्राहकहरूलाई अतुलनीय इन्टरनेट अनुभव प्रदान गर्न जेडटिइका अत्याधुनिक डुअल ब्याण्ड ५ जिएचजेड ओएनयुहरू ल्याउनेछ।

यसबाट ग्राहकहरूले छिटो इन्टरनेट गति, विश्वसनीयता र उच्च गुणस्तरका उपकरणहरू पाउनेछन्।

यस सहकार्यले उत्कृष्ट इन्टरनेट सेवाहरू प्रदान गर्न र यसको प्रयोगकर्ता आधारको बढ्दो मागहरू पूरा गर्न क्लासिक टेकको प्रतिबद्धतालाई जोड दिने कम्पनीको भनाइ छ।

क्लासिक टेकले साना घरपरिवारदेखि ठूला निगमहरूसम्मका ग्राहकहरूको माग अनुसार सेवा दिँदै आइरहेको छ।

जसले गर्दा सबैले आफ्नो विशिष्ट आवश्यकताहरू अनुरूप भरपर्दो र उच्च गतिको इन्टरनेट सेवाहरू पाइरहेका छन्।

जेडटिइ कर्पोरेशन दूरसञ्चार र सूचना प्रविधिमा एक विश्वव्यापी कम्पनी हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।