ज्योति क्यापिटलको १०.५२ प्रतिशत नगद लाभांश पारित


ज्योति क्यापिटल लिमिटेडले १०.५२ प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको १०.५२ प्रतिशतले हुन आउने २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको सेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।

कारोवार संचालनको अनुमति पाएको ३ महिना भन्दा कम समयमा नै यस क्यापिटलले ६३.५९ लाख रुपैयाँको आयकर तथा ३.७२ लाख रुपैयाँ बराबर अन्य कर गरी जम्मा ६७.३१ लाख रुपैयाँ कर मार्फत राज्यको समृद्धिमा योगदान पु¥याएको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।