लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सव सम्पन्न

लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सव सम्पन्न

लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सव शुक्रबार सम्पनन भएको छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वार्षिकोत्सव अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद् धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न विदेशी लगानी समेतको अपरिहार्यता रहेको बताए ।  

लगानीको वातावरण सुधार गरी सरकारले लगानीकर्ताका हरेक चासो, सरोकार र समस्यालाई सम्बोधन गर्दै आएको उनको भनाई थियो ।  लगानी बोर्ड मार्फत् सार्वजनिक-निजी साझेदारी र निजी प्रत्यक्ष लगानीका परियोजना कार्यान्वयनले गति लिएको उनले उल्लेख गरे । नेपालले विश्व समुदायमा आकर्षक गन्तव्यको मजबुत साख निर्माण गर्न सफल भएको र त्यसमा लगानी बोर्ड नेपाल, लगानीकर्ता, विकास साझेदार एवम् लगानी सम्बन्धी सरोकारवाला सबै पक्षको महत्वपूर्ण भूमिका रहेकाले सबैलाई धन्यवाद र आभार प्रकट गरे ।

त्यस्तै, लगानी बोर्डका उपाध्यक्ष माननीय अर्थमन्त्री डा. प्रकाश शरण महतले विदेशी समेत ठूलो निजी लगानी आकर्षित गरी सार्वजनिक–निजी साझेदारी र प्रत्यक्ष निजी लगानीमा पूर्वाधार र उत्पादनमूलक परियोजनाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलेअवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक(निजी साझेदारी (पीपीपी) को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको लगानी चर्चा गरे ।

लगानी बोर्ड स्थापनाको बाह्र वर्षः साढे १२ खर्बको लगानी स्वीकृत गर्दा सवा ५ खर्ब परिचालन

उक्त अवसरमा तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताका क्रममा विकासकर्तासँग अन्तिम चरणको वार्तामा सहभागी हुने लगानी बोर्डतर्फको पीडीएको वार्ता टोली र विकासकर्ता समेतलाई सम्मान गरिएको थियो । त्यस्तै विदेशी लगानी आकर्षण एवं प्रवद्र्धनका लागि लगानी बोर्डको कार्यालयसँग निरन्तर सहकार्य गरी सहयोग पु¥याएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले लगानी बोर्ड स्थापनाको उद्देश्य, उपलब्धि र आगामी बाटो सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । वार्षिकोत्सव समारोहमा लगानी बोर्डका सदस्यहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, लगानीकर्ता, कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवं नागरिक समानकुन प्रबुद्ध सदस्यहरूको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २२ भदौ २०८०, शुक्रबार १८ : ५२ बजे