माण्डू हाइड्रोपावरको आईपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुहोस्

0
Shares

माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आइतबार बाँडफाँड गरिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा १२ प्रतिशतभन्दा कम आवेदकले मात्र सेयर हात पारेका हुन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा कुल १० लाख १६ हजार ७१४ वटा आवेदन परेकोमा १ लाख २० हजार ५३२ जनाले मात्रै सेयर हात पारेका हुन् । बाँकी ८ लाख ९६ हजार १८२ जनाको हात खाली भएको छ । बिक्री प्रबन्धकका अनुसार विभिन्न तीन स्थानबाट आईपीओ बाँडफाँडको नतिजा हेर्न सकिन्छ । जुन यस प्रकार छन् ।

१. सिडीएससीले आईपीओ हेर्नकै लागि सञ्चालनमा ल्याएको वेवसाइट
२. बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेवसाइट
३. मेरो सेयर मोबाइल एप तथा वेवसाइटबाट एप्लीकेशन रिर्पोट मार्फत

लगानीकर्ताले सिडीएससीको आईपीओ नतिजा हेर्नकैलागि विकास गरेको वेवसाइटमा गई १६ अंकको हितग्राही (डिम्याट) खाता नम्बर र सेयर निष्कासनकर्ता कम्पनी माण्डू हाइड्रोपावर (जनरल पब्लिक) छनौट गरेर आईपीओ परे–नपरेको हेर्न सक्नेछन् । साथै मेरो सेयरको वेवसाइट तथा मोबाइल एपबाट आफूले आईपीओमा आवेदन गर्दाको माई आश्वाभित्रको एप्लीकेसन रिपोर्टमा गएर समेत नतिजा हेर्न सकिने छ ।

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड

कम्पनीको आईपीओ गोलाप्रथा मार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका हुन् । आईपीओमा १० लाख १६ हजार ७१४ आवेदकबाट १ करोड १० लाख ८९ हजार ५०० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ८ लाख ७५ हजार ४१८ आवेदकबाट ९४ लाख ५३ हजार २८० कित्ताको माग सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) को सिस्टमबाट स्वीकृत भएको थियो । १ लाख ४१ हजार २९६ वटा आवेदनबाट परेको १६ लाख ३६ हजार २२० कित्ताको माग अस्वीकृत भएको थियो । (सिडिएससि) को सिस्टमबाट स्वीकृत आवेदकमध्ये २ हजार ५८१ वटा आवेदन मार्फत परेको ३५ हजार ४१० कित्ताको माग रीतपूर्वक नपरेका कारण रद्द गरिएको प्रभु क्यापिटलले जनाएको छ । सो पश्चात् कायम हुन आएको ८ लाख ७२ हजार ८३२ आवेदनबाट परेको ९४ लाख १७ हजार ८७० लाई बाँडफाँडमा सहभागी गराइएको थियो ।

माण्डु हाइड्रोपावरले भदौ १० गतदेखि १२ लाख पाँच हजार ३२० कित्ताको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।