भुजुङ हाइड्रोपावरले ५ करोडको आईपीओ बिक्री गर्ने

0
Shares

भुजुङ हाइड्रोपावर लिमिटेडले ५ करोड मूल्यको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरका ५ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागको हो । आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले भदौ १३ गते बुधबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्ने छ ।

भुजुङ हाइड्रोपावर सन् २०१५ मा स्थापित कम्पनी हो । कम्पनीले ७.५ मेगावाट क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर आयोजना विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रहेको छ । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।

आयोजनाको कूल स्वपुँजी ३९ करोड रहेको र यसमध्ये ५ कराेड रुपैयाँ बराबरकाे सेयर निष्कासन गर्न लागेकाे हाे । भुजुङ हाइड्रोपावरको अधिकृत पुँजी ५० करोड रुपैयाँ, जारी पुँजी ४३ करोड रुपैयाँ र चुक्ता पुँजी ३२ करोड ७२ लाख ५० करोड रहेको छ ।

लमजुङको क्व्होलासोथार गाउँपालिका (साबिकको भुजुङ गाविस) को वडा नम्बर ४ मा अवस्थित माथिल्लो मिदिम जलविद्युत् आयोजनाको स्विचार्टदेखि मध्यनेपाल नगरपालिका–६ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनसम्म सिंगल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ ।

माथिल्लो मिदिम खोला जलविद्युत् आयोजना (७.५ मेगावाटको ) को प्रवद्र्धक भुजुङ हाइड्रोपावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । कम्पनीले आयोजनाको विद्युत् प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।