अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

0
Shares

अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोड रूपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ।

आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालुतर्फको विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताए।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९/८० मा प्रदेश सरकारको पुँजीगततर्फको एक अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये २० करोड ५६ लाख ६२ हजार ९४ रूपैयाँ बजेट फ्रिज भएको हो। चालुतर्फ ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये १३ करोड दुई लाख ७६ हजार दुई सय २२ रूपैयाँ फ्रिज भएको छ।

यस्तै संघीय सरकारको चालु तर्फको पाँच अर्ब ३९ करोड २१ लाख ६५ हजार सात सय ४२ विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख ७५ हजार नौ सय ३२ बजेट फ्रिज भएको छ। संघीय सरकारको पुँजीगततर्फ एक अर्ब ५१ करोड ९५ लाख ७२ हजार छ सय विनियोजित बजेटमा १३ करोड ८६ लाख ७९ हजार छ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ।

अर्घाखाँचीमा आव २०७९/८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत एक अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र संघीय सरकारको पुँजीगत तथा चालुतर्फ ६ अर्ब ९१ करोड १७ लाख ३८ हजार तीन सय ४२ गरी आठ अर्ब ९० करोड ३६ लाख ४८ हजार पाँच सय ३५ रूपैयाँ बजेट विनियोजन भएको थियो। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।