सिट्रोनको फेस्टिभ स्किम २०८० सार्वजनिक

0
Shares

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ ।

नाडा अटो शोमा सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकहरुको लागि २५ हजार रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

भृकृटीमन्डपमा हिजोदेखि सुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सि३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्नेछन् ।

त्यस्तै गरी सिट्रोनको विद्युतिय गाडी इ सि३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यी अफरहरुको साथै ग्राहकवर्गले नाडा अटो शो भरी निशुल्क कार वासर पनि प्राप्त गर्न सक्नेछन् । नाडा अटो शो शनिबारसम्म हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।