ब्याजदर हेरफेरको प्रभाव सेयर बजारमा पहिरो

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा भारी गिरावट आएको छ । अधिकांश बैंकहरुले ब्याजदर हेरफेर गरेसँगै त्यसको प्रभावले सेयर बजारमा उच्च गिरावट आएको हो ।

यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अंकले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अंकमा कायम भएको हो ।

आजको बजारमा दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिद–बिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० बराबरको कारोबार भएको छ ।

असोज महिनाका लागि वाणिज्य बैंकहरुले नै व्यक्तिगत मुद्दती खातामा ११ प्रतिशतभन्दा धेरै ब्याजदर दिनेगरी सार्वजनिक सूचना जारी गरेका छन् । ५ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ११ प्रतिशतभन्दा बढी तोकेका छन । असोज महिनाका लागि ८ बैंकहरुले ब्याजदर बढाएका छन् भने ८ बैंकहरुले घटाएका छन्। ४ बैंकहरुले गत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

भदौ महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १०.८९ प्रतिशत रहेकोमा असोजमा ११. ३५ प्रतिशतसम्म पुगेको छ । व्यक्तिगतभन्दा संस्थागत मुद्दतीमा २ प्रतिशत विन्दु कम ब्याज हुनुपर्ने प्रावधानअनुसार संस्थागत मुद्दतीमा ९.३५ प्रतिशतसम्म ब्याजदर पुगेको छ । त्यस्तै, रेमिट्यान्स मुद्दती खातामा यस्तो ब्याजदर साढे १२ प्रतिशत पुगेको छ । रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने व्यवस्था छ।

सबै समूहको उपसूचक घटेकोमा सबैभन्दा धेरै व्यापार समूहको उपपूचक तीन दशमलव ३३ र वित्त समूह तीन दशमलव ३० प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४२, विकास बैंक दुई दशमलव ५९, होटल तथा पर्यटन तीन दशमलव २९, जलविद्युत् दुइ दशमलव ७९ र लगानी समूहको उपसूचक एक दशमलव ९१ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा समूहको उपसूचक दुई दशमलव ९७, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६०, लघुवित्त एक दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा दुई दशमलव ५९ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले घटेको छ ।

शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै २७ करोड ५४ लाख ७३ हजार ७२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको चार लाख ८७ हजार एक सय ८६ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।