तीजको दिन बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुन र चाँदीको मूल्य बढेको हो ।स्थानीय बजारमा आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५०० रूपैयाँ निर्धारण गरिएको छ । आइतबार प्रतितोला एक लाख १२ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रूपैयाँ महँगो भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य सोमबार एक लाख ११ हजार ९५० रूपैयाँमा कारोबार भएको छ। आइतबार एक लाख ११ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सोमबार स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार सोमबार प्रतितोला चाँदीको कारोबार प्रतितोला १ हजार ४०० पाँच रूपैयाँमा भएको छ। आइतबार १ हजार ३९५ रूपैयाँमा कारोबार भएको थियो । जसअनुसार चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।