दोर्दीखोला जलविद्युत र राप्ती हाइड्रोको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय

0
Shares

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेका छन् ।

दुबै कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी बराबर (शतप्रतिशत) हकप्रद बिक्री गर्ने निर्णय गरेको हुन् । सञ्चालक समितिको बैठकले हकप्रद स्वीकृतिका लागि नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृति माग गर्ने तथा आगामी साधारण साधारण सभामा पेश गर्ने समेत निर्णय भएको छ ।

दोर्दी खोला जलविद्युत कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको भदौ २९ गते शुक्रबार सम्पन्न बैठकले सेयरधनीहरूलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले १०० अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पुँजी छ । सेयरधनीहरूलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनपछि १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ ।

दुबै कम्पनीले प्रस्ताव गरेको हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव विद्युत नियमन आयोगको स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसपछि आयोगबाट स्वीकृति प्राप्त भएपछि हकप्रद सेयर निष्कासन गर्ने अजेन्डा सम्बन्धीत  कम्पनीले आगामी साधारण सभामा पेस गरी अनुमोदन हुनेछ । वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निष्कासनका लागि आवेदन पेस गर्नेछ । बोर्डबाट स्वीकृत भएपछि मात्र उक्त हकप्रदमासर्वसाधारणले आवेदन दिन पाउनेछन् । यो सबै प्रकृया पूरा गर्नुपर्ने हुँदा कम्पनीहरुको हालको प्रस्ताव मात्र हो । नियामक निकायले उक्त प्रस्ताव स्वीकृत गर्न, अस्वीकृत गर्न तथा हकप्रद अनुपात घटाएर समेत अनुमति दिनसक्ने अवस्था रहन्छ ।

आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृति सम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन गरी हकप्रद ल्याउने बाटो खुला गरेको थियो ।  विद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न तथा आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने व्यवस्था गरेपछि विद्युत् कम्पनीहरूले धमाधम हकप्रद ल्याउन लागेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।