माथिल्लो मैलुङ खोलाको आयोजना प्रभावितको आईपीओ बाँडफाँड

0
Shares

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ असोज १ गते, सोमबार बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ तथा विवरण पत्रको अधिनमा रहि कुल ९ लाख ९० हजार ८०० कित्ता साधारण सेयर बाँडफाँड गरेको जनाएको छ । कुल जारी सेयरमध्ये ९ हजार २०० कित्ता सेयर अवितरित भएको हो । अवितरित सेयर दोस्रो चरणमा जारी हुने सर्वसाधारणमा थप हुनेछ ।

कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आयोजना प्रभावित क्षेत्र रसुवाका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

लगानीकर्ताहरुले आईपीओ बाँडफाँडको नतिजा कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड तथा सेयर निष्कासनकर्ता कम्पनी माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको वेबसाइटबाट हेर्न सकिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।