सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ ।
बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भदौ २९ गते शुक्रबार उक्त अनुमति प्रदान गरेको हो ।
सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।
बैंकले दीर्घकालीन स्रोत परिचालन गर्नका लागि आगामी १० वर्षका लागि ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो । ऋणपत्रका लगानीकर्ताले बार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
