नेशनल हाइड्रोको लिलामी सेयर बाँडफाँड, कटअफ कति ?

0
Shares

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको लिलामी सेयर बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार लिलामीमा ल्याइएको अवितरित हकप्रद सेयर असोज २ गते, मंगलबार बाँडफाँड भएको हो । प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ २९ गते खोली असोज २ गते बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार कम्पनीको लिलामी सेयरको अन्तिम मूल्य अर्थात कटअफ प्राइस ११० रुपैयाँ कायम भएको छ । कटअफ अनुसार प्रतिसेयर ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गरेका लगानीकर्ताले लिलामी सेयर सकारेका छन् ।

कटअफ मूल्यमा बोलपत्र पेश गरेका आवेदकहरुले आंशिक रुपमा सेयर प्राप्त गरेका छन् । उनीहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ १३ गतेदेखि २४ गतेसम्म सर्वसाधारण समूहतर्फको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो । 

साथै लिलामीमा सेयर प्राप्त नगर्ने लगानीकर्तालाई बिक्री प्रबन्धकले असोज ७ गते आइतबारदेखि आवेदन फाराममा उल्लेख गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने जनाएको छ । बाँडफाँडको विवरण बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।