एसिया प्रशान्त क्षेत्रका मुलुकहरुबीच सहकार्य जरुरी: अध्यक्ष ढकाल

0
Shares

बहुआयामिक चुनौतीलाई पार गर्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरुबीच सहकार्य नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देखिएका बहुआयामिक चुनौतीलाई पार गर्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरुबीच सहकार्य जरुरी रहेको बताएका छन्।

जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्व बिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए। दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरु दोहो््याउँदै ढकालले यस क्षेत्रका मुलुक र निजी क्षेत्रबीचको सहकार्य र सवन्वयबाट मात्र यी चुनौतीको सामना गर्न सकिने बताए।

ढकालले द्रुत डिजिटलाइजेसन र व्यवसाय सञ्चालनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ ध्यानाकर्षण पनि गराए। उनले सम्भावित असमानताहरुलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौना उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक संवादको सुदृढीकरणमा नेपाल प्रतिबद्ध रहेकोसमेत बताए। नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचूर सम्भावना रहेको उल्लेख गर्दै उनले दुई ठूला र उदीयमान मुलुक चीन र भारतको बीचमा रहेकोले नेपालमा बजारको ठूलो सम्भावना रहेको पनि बताए।

ढकालले नेपालको जलविद्युत, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचूर सम्भावना रहेको बताए। उनले विकसित विश्वव्यापी समस्यालाई कम गर्न सबैको साथ र सहयोगका लागि अपिलसमेत गरे।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।