भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिने

0
Shares

अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ ।

बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमका बिच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको हो ।

सम्झौतापत्रमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटेन भाइबसका तर्फबाट निर्दृेशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरे । सम्झौतासँगै अबदेखि भाइबरको च्याटबक्स् मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिनेछ । यात्रुहरूले भाइबरबाटै सहजै टिकट बुकिङ गर्न सक्नेछन् ।

सम्झौता कार्यक्रमममा बससेवाका प्रमुख कार्यकारी पि.आर खनालले भने ‘हामीले जहिले पनि यात्रुहरुलाई सहज हुने गरि सेवा प्रदान गर्दै आएका छौँँ । यात्रुलाई भाइबरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ ’ ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै बससेवाले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।