सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

0
Shares

सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो ।

यस अन्तर्गत, सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्यूआर कोड उपलब्ध गराएको छ ।

उक्त क्यूआर कोड स्क्यान गरी गा्रहकहरुले बैंकमा आफ्नो अनुभव तत्कालै मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको हो।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।