मनकामना इञ्जिनियरिङ्गको सोमबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै


मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको असोज ८ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने भएको छ । दोस्रो बजारमा कारोबार गर्न मनकामना इन्जिनियरिङले आइतबार संस्थापक र साधारण गरी कुल ८० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको २८ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबारका लागि कारोबार संकेत (स्टक ट्रिगर) एमईएचएल (MEHL) प्रदान गरेको छ ।
हाइड्रोपावरले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

कति पायो ओपनिङ्ग रेञ्ज ?

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले न्यूनतम ७४ रुपैयाँदेखि अधिकतम २२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थलाई आधार मानेर ओपनिङ्ग रेञ्ज तय गरेको हो । नेप्सेले तोकेको रेञ्जका आधारमा सोमबार कम्पनीको धितोपत्र स्पेशल प्रि-ओपन सेसनमा कारोबार हुनेछ । स्पेशल प्रि-ओपन सेसनमा कारोबार म्याचिङ्ग भएको खण्डमा सोमबारदेखि नै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

मनकामना इन्जिनियरिङ्गको आईपीओ सेयरधनीको डिम्याट खातामा जम्मा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ असोज २०८०, आइतबार १६ : ४५ बजे