यती एयरलाइन्स पब्लिकमा रुपान्तरण, प्रिमियिममा आईपीओ जारी गर्ने

0
Shares

निजी क्षेत्रको उड्डयन सेवा कम्पनी यती एयरलाइन्स पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । आफ्नो सञ्चालनको २५ बर्ष पूरा भएको अवसरमा एयरलाइन्सले उक्त घोषणा गरेको हो।

यती एयरलाइन्स २५ वर्ष पूरा भएको अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्मान गरेको थियो । सो अवसरमा एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले आफूहरु चाँडै नै पब्लिक कम्पनीमा जाने र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीले साढे दुई दशकसम्म उड्डयन क्षेत्रमा योगदान दिएकाले यी एयरलाइन्सलाई सम्मान गरेको भन्दै यसबाट एयरलाइन्सलाई अगाडि बढ्न हौसला मिल्ने विश्वास व्यक्त गरे ।

यतीका अध्यक्ष शेर्पाले विभिन्न आरोहअवरोह पार गर्दै अहिलेसम्म जनताकै सेवामा उडान गरिरहेको बताउँदै अब जनतालाई पनि एयरलाइन्सको मालिक बनाउन पब्लिक कम्पनी बनाउन लागेको बताए ।

यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हवाई सुरक्षाका लागि यती सदैव तयार रहेको र प्राधिकरणसँग सधैं सहकार्य गरेर अगाडि बढ्ने बताए ।

यतीले २०५५ सालबाट ट्विनअटर जहाजमार्फत उडान थालेको थियो । २५ वर्षअघि २ वटा विमानसहित एयरलाइन्स सुरू भएको यो कम्पनीले अहिले एटीआर जहाजमार्फत शहरी क्षेत्रमा र भगिनी कम्पनी तारा एयरमार्फत दुर्गममा उडान सेवा प्रदान गर्दै आएको छ । यतीले एटीआर जहाज ५ वटाबाट १० वटा पुर्याउने घोषणा समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।