राष्ट्र बैंकले बढायो सुन आयात कोटा

0
Shares

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा वृद्धि गरेको छ ।

राष्ट्र बैंकले सुन आयात सम्वन्धि एकीकृत परिपत्र संशोधन गर्दै दैनिक २० केजी सुन आयात गर्न मिल्ने व्यवस्था गरेको हो ।

यसअघि दैनिक रुपमा १० केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था थियो । यसअघि विदेशी मुद्राको सञ्चितीमा चाप परेको भन्दै राष्ट्र बैंकले सुनको आयात कोटा घटाएको थियो।

राष्ट्र बैंकका अनुसार दैनिक २० किलो सुन आयात गर्दा कुनै महिनाको कुनै दिन तोकिएको परिमाणभन्दा कम आयात गरेमा अर्को महिनामा अघिल्लो बाँकी परिमाण आयात गर्न पाइनेछैन। ।

‘व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणको लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन (साउन महिना) पश्चातका महिनाहरुमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणको लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन’ राष्ट्र बैंकको एकीकृत परिपत्रमा उल्लेख गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।