आईक्यापिटल स्थापनाको १० वर्ष पूरा, दश दृष्टिविहीन विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

0
Shares

आईक्यापिटल प्रालिले स्थापनाको १० औं वर्ष पूरा गरेको छ । आईक्यापिटल व्यक्तिगत लगानीबाट संस्थागत लगानीमा रुपान्तरण हुने र पूर्णरुपमा ‘भ्याल्यू इन्भेष्टिङ’ को सिद्धान्तमा प्रतिबद्ध हुने उद्देश्यसहित सन् २०१३ मा स्थापना भएको हो । यो कम्पनीको लगानी भेन्चर, रियल इस्टेट र सेयर बजार गरी ३ मुख्य सम्पति वर्गहरुमा केन्द्रित रहेको छ ।

स्थापनायता १० वर्षको अवधिमा आईक्यापिटलले २४ वटा कम्पनीमा लगानी गरेको छ । हाल यसको व्यवस्थापनमा २ अर्ब २५ करोड रुपैयाँको सम्पति रहेको छ भने १० वर्षको कम्पाउण्ड वार्षिक वृद्धिदर (सीएजीआर) १६% रहेको छ । विगत वर्षहरुमा जस्तै आईक्यापिटलले आफ्नो १०औं वार्षिकोत्सव परोपकारी काम गरेर मनाएको छ ।

स्थापनाको १० वर्ष पूरा भएको अवसरमा कम्पनीले आईक्यापिटल फाउण्डेसमार्फत त्रिनेत्र फाण्डेसनका १० जना दृष्टिविहीन विद्यार्थीहरुलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ । सन् २००९ मा स्थापना भएको त्रिनेत्र फाउन्डेसनले दृष्टिविहीन, अनाथ र शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिहरुका लागि छात्रावास र आर्थिक अभाव भोगिरहेका बालबालिकाहरुका लागि पठनपाठनमा सहयोग प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।