ललितपुर उवा संघका अध्यक्ष बज्राचार्य स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने

ललितपुर उवा संघका अध्यक्ष  बज्राचार्य स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्रचार्यले स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने बताएका छन् । शनिवार भएको मतदानमा उनले ६४६ मत प्राप्त गरेका थिए । 

असोज २० गते शनिबार भएको संघको निर्वाचनमा उनले जितेपछि ललितपुरका स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने बताएका हुन् । ‘हामी सबै ललितपुरका स्थानीय उत्पादनसँग कुनै न कुनै ढंगले जोडिएका छौं,’ बज्राचार्यले भने, ‘अब निर्वाचन जितेपछिआफ्नो स्थानीय उत्पादनलाई प्राथमिक्ता दिनुपर्छ ।’

यसबाहेक, ललिपुरमा मेला आयोजना, उत्पादन, संस्थागत सुशासन लगायतका मूख्य एजेन्डा बज्राचार्य समूहले लिएको छ । यस्तै, साना–ठूला उद्योगी व्यवसायीको छाता संगठनकारुपमा अघि बढाउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार तथा उद्योग वाणिज्य महासंघसम्म ललितपुरको बलियो प्रतिनिधित्व गराउने योजना समूहले अघि सारेको छ । उनकै टीमबाट उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह)ले जीत निकालेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ असोज २०८०, आइतबार ११ : ५२ बजे