
बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर निर्माता एथरका उत्पादन नेपालमा छिट्टै उपलब्ध गर्न लागिएको कम्पनीले जनाएको छ । बैद्यज अर्गनाइजेशनले सधैं गुणस्तरिय उत्पादन ल्याउने र उपभोक्तालाई अलग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । त्यहि लक्ष्य अनुसार कम्पनीले नेपालमा विश्वकै सफल कार ब्राण्ड टोयोटाका उत्पादन विगत ५६ वर्षदेखि बिक्री गर्दै आएको जनाएको छ ।
एथरले आफ्ना उत्पादन विश्व बजारमा लाने रणनीति बनाए अनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स‘ नेपालमा सार्वजनिक गर्न लागेको हो । कम्पनीले नेपालमा एथर स्पेश निर्माण गर्ने बताइएको छ । नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुने कम्पनीको भनाई छ । एथरको मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा २.९ किलोवाट आवर र ३।७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्ने कम्पनीको भनाई छ ।
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध हुने बताइएको छ । प्रतिघण्टा ९० किलोमिटरसम्मको गतिमा दौडिन सक्ने ‘४५० एक्स’ लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिने एथरले जनाएको छ । न्यू इनर्जी भेहिकलको क्षेत्रमा विश्व अटोमोवाइल क्षेत्र अगाडि बढिरहेको समयमा भारतकै प्रतिष्ठित इलेक्ट्रीक ब्राण्ड एथरको आधिकारीक बितरक हुदा उत्साहित भएको जनाउदै अर्गनाइजेसन्सले वस्तु वितरणको अधिकार मात्र नभई फ्यूचर मोविलीटीको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने मौकाको रुपमा लिएको जनाएको छ ।
नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नलोजीमा विश्वास सहित उपभोक्तालाई अविश्वसनीय अनुभव प्रदान गराउने कम्पनीको दाबी छ । यसका नागि एथरका उत्पादनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अर्गनाइजेशन्स्को विश्वास छ ।
बैद्य इनर्जी र एथर इनर्जी बीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको कम्पनीका सीईओ सूर्यान्स बैद्यले बताए । आफ्नो भावी योजना र रणनीतिका बारेमा बैद्य भन्छन्, ‘हामी गतिसिलतासँगै मानव जीवन आनन्ददायी र रोमान्चक हुने कुरामा विश्वास गर्छौं । एथर इनर्जीसँगको सहकार्यबाट हामी प्रिमियम मोविलीटी सोलुसन नेपालमा उपलब्ध गराउन सक्षम हुनेछौं । कटिङ एज टेक्नलोजीमा आधारित इलेक्ट्रीक भेहिकलले नयाँ लेवलको अनुभव प्रदान गराउने छौं ।’

‘हामी प्रोडक्ट बिक्रीलाई मात्रै प्राथमिकतामा राख्दैनौं । हाम्रो विगतले पनि यसलाई पुष्टि गर्छ । त्यसैले नयाँ उत्पादनसँगै सर्भिस र अन्य पूर्वाधार निर्माणमा काम छौं । साथै, ग्राहकलाई दुई पाङ्ग्रे साधनमा अलग अनुभव प्रदान गर्नेछौं,' सीईओ बैद्यले भने ।
नेपालमा यथर इनर्जीको उत्पाधन बिक्री बितरण गर्न लागेको बारे जानकारी दिदै एथर इनर्जी भारतका प्रबन्धक तरूण मेहता र स्वीप्नील जैनले भने 'हामी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने बिन्दु नेपाल भयो । त्यसमा हामी निकै खुशी छौं । क्लिन इनर्जीमा नेपालले जुन किसिमको सफलता हाँसिल गरेको छ । त्यसबाट सञ्चालन हुने एथरका बिद्युतिय साधन आगामी नोभेम्बर (कार्तिक) बाट उपलब्ध गराउने छौं । अटो मोबाइल भविष्यमा नेपाल कै पुरानो र प्रतिष्ठीत कम्पनीसँग मिलेर हाम्रा उत्पादन नेपालमा उपलव्ध हुँदा ग्राहकहरुले उत्कृष्ट सेवा पाउनेमा ढुक्क छौं ।'
एथर इनर्जी एक प्रख्यात हाईपफर्मेन्स इलेक्ट्रिक स्कुटर उत्पादन गर्ने कम्पनी हो । यसको स्थापना नै नवीनतम र श्रेष्ठ डिजाइन मार्फत प्रयोगकर्तालाई आकर्षक फाइदा प्रदान गर्ने रहेको छ । नेपाली बजारमा उच्च गुणस्तरका विद्युतीय साधनको माग दिन दिनै बढ्दै गएको समयमा हामीले ल्याएको एथरका प्रोडक्टले ग्राहकलाई ठूलो फाइदा पुग्ने विस्वास लिएका छौं । विद्युतीय साधनले इन्धनमा हुने धेरै परिमाणको खर्च कटौती गर्छ । एकदमै कम मेन्टीनेन्स खर्च, इफिसीयन्ट र तिब्र गतिमा चलाउन सकिने यसको मुख्य विशेषता हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
