गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना हुने

गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना हुने

गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, पोखरा समितिले गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा आयोजना गर्ने भएको हो ।

उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहने बताइएको छ ।

पोखराको गणेश टोलस्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा असोज २६ र २७ गते गरि २ दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ असोज २०८०, बुधबार १३ : १० बजे