चार दिन घटेर पाँचौं कारोबार दिनमा सामान्य बढेको सेयर बजारमा ५ कम्पनीके सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।
बुधबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएका माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट सहित सिटि होटल, समता लघुवित्त र सयपत्री हाइड्रोापवरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यसदिन माण्डु हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४१० रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर ३१३ रुपैयाँ ७० पैसा कायम भएको छ । नेप्सेका अनुसार सिटी होटलको सेयरमूल्य १० प्रतिशतले बढेर ६४३ रुपैयाँ ५० पैसा कायम हुँदा समता लघुवित्तको ९.९२ प्रतिशतले बढेर ६७६ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।
आजको बजारबाट सयपत्री हाइड्रोपावरको लगानीकर्ताले पनि ९.८५ प्रतिशत अर्थात ४८ रुपैयाँ ८० पैसाले नाफा आर्जन गरेक छन् । यससँगै सयपत्री हाइड्रोपावरको सेयर प्रतिकित्ता ५४४ रुपैयाँमा खरिद बिक्री भउको छ । यस्तै बुधबारको बजारमा एशियन हाइड्रोपावरको ६.१७ प्रतिशत, एनएमबि हाइब्रिड फन्ड एल–१ को ५.०४ प्रतिथशत र प्रोगेशिभ फाइनान्सको सेयरको भाउ ५ प्रतिशतले बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
