फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

फेडेरल रिईन्स्योरेन्स ब्रोकर्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण बिहीबार सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त नेपालकै पहिलो पहिलो पब्लिक लिमिटेड यस कम्पनीको कम्पनीको रजिष्र्टड कार्यालय नक्साल काठमाण्डौंमा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा संस्थापक समुहबाट रिक्त सञ्चालक पदमा बिराटनगर–१२, मोरङ्ग निवासी नमिता शर्माज्यूलाई बाँकी कार्यकालका लागि नियुक्त ग¥र्यो । साथै, सामान्य प्रस्ताव तर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूकोे वार्षिक प्रतिवेदन, २०७९÷०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित ग¥र्यो । यसैका साथ, विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्काशन ,कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी प्रदान ग¥यो । उक्त समारोहमा संस्थालाई योगदान पु¥यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत ग¥र्योे ।

फेडेरल विश्वकै प्रतिष्ठीत यूनाइटेड रिजिष्टर्स अफ सिस्टम (यूआरएस), बेलायतबाट आईएसओ ९००१ः२०१५ गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो । सो गुणस्तर चिन्हले समेत संस्थाको आन्तरिक प्रणाली, संस्थागत सुशासन, सेवाको गुणस्तर आदि मजवुत रहेको पुष्टि गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असोज २०८०, शुक्रबार १७ : २१ बजे