अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड) ले आक्रामक शैलीमा ब्याजदर बढाउँदा जेपी मोर्गन लगायतका बैंकहरुको नाफा बढेको छ ।
सन् २०२२ को तेस्रो त्रैमासमा ९ अर्ब ७४ करोड डलर खुद नाफा गरेको बैंकको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बढेर १३ अर्ब १५ करोड डलर पुगेको छ । यससँगै प्रति कित्ता सेयर नाफा ४.३३ डलर पुगेको हो जुन गत आवको सोही अवधिमा ३.१२ डलर थियो ।
अमेरिकी बैंकिङ संकटमा फसेको फस्ट रिपब्लिक बैंकको उद्धार गरी अधिग्रहण गरेको जेपी मोर्गन बैंकले चालु आवको सुरुवाती समयमा नाफा गर्न सकेको थिएन । तथापि फेडले ब्याजदर बढाउँदा बैंकबाट ऋण लिएका ऋणीहरुले चर्को ब्याज तिरिरहेका छन् ।
सन् २०२२ को मार्च महिनासम्ममा शून्य ब्याजदर कायम गरेको फेडले हाल ब्याजदर बढाइ ५.५ प्रतिशत पु¥याएको छ । जसकारण बैंकहरुको नाफा बढ्दै गएको छ । फेडका अध्यक्ष जेरोम पावेलले मुद्रास्फीति नियन्त्रणमा ल्याउन सन् २०२३ को अन्त्यसम्ममा पुनःब्याजदर बढाउने जनाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
