लगानीकर्ताले दसैं खर्चको जोहो गर्दा सेलिङ प्रेसर, नेप्सेमा उच्च गिरावट

0
Shares

बडा दशैं सुरु भएपछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उचच अंकको गिरावट आएको छ। नेप्सेका अनुसार आज बजार सूचांक २३.१६ अंकले घटेको हो ।

अघिकांश लगानीकर्ताहरु सेयर बिक्री गरी दसैं खर्च जुटाउनतर्फ लाग्दा बजारमा क्रेताभन्दा बिक्रेताको संख्या हाबी भएको हो । जसले बजार खुला भएदेखि नै सूचमा निरन्तर गिरावट आएको हो । नेपालमा हाल ‘टिप्लस टू’ को राफसाफ चक्र रहेको छ । यसअनुसार सोमबार बिक्री भएको धितोपत्रको भुक्तानी लगानीकर्ताले बिहीबार पाउने हुन्छ । बिहीबार नै दसैअधिका अनितम कारोबार दिन भएकाले सोमबारको बजारमा बिक्री चाप अधिक देखिएको हो । मंगलबारदेखिको सेयर बिक्रीको भुक्तानी दसैंअघि नपाउन पनि सकिने हुँदा यसदिनको बजारमा बिक्री चापकै कारण सूचक दिनभर ओरालो गतिमा रह्यो । कारोबारको अन्त्यमा नेप्से सूचक १८५१.४३ बिन्दुमा झरेर बन्द भएको छ ।

सूचीकृत २८४ कम्पनीहरुको ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर ६९ हजार ८३२ वटा सङ्ख्यामा किनबेच हुँदा कारोबार रकम १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७१ रुपैयाँमा समेटिएको छ । नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार १ अर्ब ७० करोडको सेयर कारोबार भएकोमा ४५ करोडले कारोबार रकम घटेको हो ।

कारोबारमा आएका सबै १३ वटै उपसमुहगत सूचकमा गिरावट आएसँगै नेप्से ऋणात्मक बनेको हो । जीवन बीमा उपसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको सोमबारको बजारमा होटल तथा पर्यटन २.०४, हाइड्रोपावर २.०२, व्यापार १.९६, लघुवित्त १.५८, लगानी १.२८ र फाइनान्स १.२५ प्रतिशतले घटेको छ ।

घटेको बजारमा प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक६ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै भर्खरै दोस्रो बजारमा कारोबार खुला भएको हाथवे इन्भेष्टमेन्टको ५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै सिटिजन लाइफको ३ करोड ६६ लाख, रिलायबल नेपाल लाइफको ३ करोड ५८ लाख र एनआइसी एशिया बैंकको ३ करोड ४२ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आज सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.८७ प्रतिशत बढेर ७४० रुपैयाँ पुगेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम—२ को इकाईमूल्य ७.३१ प्रतिशत, सुपर माई हाइड्रोपावरको ४.०४ प्रतिशत, कालिञ्चोक दर्शनको ३.९७ प्रतिशत र सनराइज फोक्स्ड इक्वीटी फन्डको ३.८५ प्रतिशतले मूल्य बढेको छ ।

यस दिन सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य नकरात्मक सर्किट लेभबमा घटेको छ । सयपत्री हाइड्रोपावरको प्रतिकित्ता ५९ रुपैयाँ ८० पैसा घटेर ५३८ रुपैयाँ २० पैसा र हाथवे इन्भेष्टमेन्टको प्रतिकित्ता ३४ रुपैयाँ ५० पैसा घटेर ३१० रुपैयाँ ५० पैसामा झरेको छ । यस्तै नबिल ब्यालेन्स्ड फन्ड–२ को ९.३१, मिड सोलु हाइड्रोपावर ९.०६ र घलेम्दी हाइड्रोपावरको ८.७७ प्रतिशतले घटेको छ ।

सोमबारको घटाईपछि सेयर बजारको कुल बजार पुँजीकरण २८ खर्ब ४१ अर्ब २९ करोड ३१ लाख २२ हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।