
अर्थमन्त्री डा. प्रकाश शरण महतले महिला पत्रकारलाई क्षमतावान बनाउन आर्थिक महिला पत्रकार संघ (फेजा) लाई आग्रह गरेका छन् ।
आर्थिक महिला पत्रकार संघ (फेजा) को औपचारिक उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा अर्थमन्त्री महतले फेजाले ठूलो भूमिका खेल्नसक्ने बताउँदै आफू ठूलो अपेक्षाका साथ प्रोत्साहन गर्न कार्यक्रममा उपस्थित भएको बताए । उनले भने, ‘आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठूलो महत्व पुर्याउने छ भन्ने विश्वासका साथ व्यस्तताका बाबजुत पनि यहाँ उपस्थित भएको छुँ।’
विभेद शक्ति नहुनेहरुमाथि इतिहासदेखि नै हुँदै आएको बताउँदै अर्थमन्त्री महतले पछिल्लो समय आर्थिक पत्रकारितामा महिलाहरुको सहभागिता बढ्दै गएपनि यतिले मात्रै नपुग्ने बताए । थप क्षमतायुक्त महिला उत्पादनमा फेजाले काम गर्नुपर्ने उनको भनाई थियो । अर्थमन्त्री महतले भने, ‘संविधानले नै सुनिश्चितता गरेको अधिकारबाट अझै पनि कतिपय महिलाहरु वन्चित छन, फेजाको छुट्टै संरचनाले आर्थिक पत्रकारिताका साथसाथै महिलाहरुमा वित्तीय ज्ञान तथा सिपको विषयमा समेत थप निखरता आउने छ।’
यस्तै कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले रमेश हमालले महिलाले जे–जति काम गरेपनि त्यसलाई आर्थिक पक्षसँग जोडेर नहेर्ने प्रवृति नेपालमा रहेको र त्यसलाई सुधार गर्न फेजाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए । फेजाले महिला पत्रकारको क्षमता अभिवृद्धि गरेसँगै समाचारको माध्यमबाट मुलकमै वित्तीय साक्षरता, सकरात्मक आर्थिक विकास, सहि सूचना तथा ज्ञान पुग्नेमा आफु विस्वस्त रहेको बताए ।
कार्यक्रममा उपस्थित सरकार, नीजि क्षेत्र, बैंक तथा वित्तीय संस्था, बिमा, पुजीँबजारसँग सम्बद्ध व्यक्तिहरुले फेजाले महिला आर्थिक पत्रकारमार्फत मुलुककै आर्थिक थायित्वको लागि सत्यतथ्य र ज्ञानर्वद्धक समाचार पस्कन सहयोग गर्ने अपेक्षा रहेको बताउँदै शुभकामना व्यक्त गरेका छन् ।
नेपाल पुजीँ बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सामान्य अवस्थामा पनि महिलाहरुले केही गर्नको लागि धेरै संघर्ष गर्नुपर्ने नेपाली समाजमा आर्थिक महिला पत्रकार संगठित हुँनु सर्हानिय रहेको बताईन् । अध्यक्ष राधारले विभिन्न ठाउँमा महिलाहरु महिलाहरुकै अवरोधविरुद्ध लड्नुपरेको भन्दै संगठित भएर आर्थिक क्षेत्रमा अगाडी बढ्नु प्रशंसनिय रहेको बताईन् । साथै पाँच वर्ष पहिला सेयर बजारको समाचार लेख्नकै लागि १–२ जनाले सोधपुछ गर्नेमा अहिले महिला दिदिबहिनी मात्रै पनि धेरैले सोधपुछ गर्ने उनले बताईन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
