एभरेष्ट बैंकको २०.५३ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंकको २०.५३ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट २०.५३ प्रतिशत लाभांश पारित भएको छ । आज असोज ३० गते मंगलबार सम्पन्न भएको सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९÷८० बाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र बोनस सेयरमा लाग्ने कर समेत गरी १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै बैंकको २९ औं वार्षिक साधारण सभाले बैंकले प्रस्तावित बोनस सेयर वितरण भएपछि हालको जारी र चुक्ता पुँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पुँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको साधारण सभाले आ.व. २०८०/८१ को लागि एन. अमात्य एण्ड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ३० असोज २०८०, मंगलबार १६ : २१ बजे