सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेद्वारा सपथ ग्रहण

0
Shares

सिटिजन्स बैंकका नव–नियुक्त अध्यक्ष प्रवलजङ्ग पाण्डेले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका अध्यक्ष पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल, कम्पनी सचिव राजेन्द्र लाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

सपथ ग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनर लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । बैंकका सिइओ पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको बारेमा प्रकाश पारे । अध्यक्ष पाण्डे बैंकको १७औं साधारण सभापश्चात बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यस अघि पाण्डेले बैंकको संचालकको रुपमा चार वर्ष काम गरिसकेका छन् ।

इन्जीनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशक देखि सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न छन् । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द भई नेतृत्वदायी भूमिका निभाएका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।