यती एअरलाइन्सले ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’योजना सार्वजनिक गरेको छ । आफ्ना यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा सहित एअरलाइन्सले यात्रुलाई यसपालिको दशैं, तिहार र छठ पर्वको अवसरमा उपहार दिने भएको हो ।
एअरलाइन्सले आधिकारिक सामाजिक सञ्जाल मार्फत् जारी गरेको सूचनामा असोज २८ घटस्थापनादेखि मंसिर ७ गते छठ पर्वसम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा १ जनालाई बजाज पल्सर एनएस २०० बाइक दिने घोषणा गरेको हो ।
सोही योजनाअन्तर्गत दोस्रो बिजेताले थाइलायनको तर्फबाट जोडी सहित बैंकक टूर र तेस्रो बिजेताले एलजीको वासिङ्ग मेसिन र चौंथो बिजेताले श्रीबालाजी डाइमण्ड एसबिडीको तर्फबाट हिराको टप जित्नेछन् । साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्घार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’ पाउनेछन् ।

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसर्ट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा इन फ्लाइट इन्टरटेन्मेन्ट सर्भिस प्रयोग गर्दै गर्दा दसैं क्यापियन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था छ ।
सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय–समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
यो योजना आफ्ना यात्रुहरुबीच खुशी बाँड्न र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको यती एअरलाइन्सले जनाएको छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेज मार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने यती एअरलाइन्सले जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
