मोरंग व्यापार संघको शुभकामना आदान प्रदान

मोरंग व्यापार संघको शुभकामना आदान प्रदान

मोरंग व्यापार संघले कार्तिक २ गते बिहीबार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्व २०८० को पूर्व संध्याको अवसर पारी संघले सो कार्यक्रम आयोजना गरेको हो ।

मोरंग व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालको सभापतित्वमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

संघका महासचिव अनिल सारडाले सञ्चालन गरेका उक्त कार्यक्रममा विभिन्न मन्त्रालयका माननीय मन्त्रीहरु र सचिवहरु, प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभाका सदस्यहरु, मोरङका प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकारका सचिवहरुको उपस्थिति थियो ।

यसैगरी बैंक, बीमा तथा विभिन्न संघ–संस्थाका प्रबन्धकहरु, निर्देशकहरु, संघका पूर्व अध्यक्षहरु, विभिन्न संघ–संस्थाका अध्यक्षहरु, पदाधिकारीहरु तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, समाजसेवीहरु, वुद्धीजिवीहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान विभागका प्रमुख एवं उच्च पदस्थ अधिकारीहरु, विभिन्न विश्व विद्यालयहरुका प्राध्यापकहरु, वडा अध्यक्षहरु, प्रेस युनियन मोरङका अध्यक्ष तथा प्रतिनिधिहरु, पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार १३ : १८ बजे