बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कमल प्रसाद श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार पोखरा बिरौटाका श्रेष्ठलाई पक्राउ गरेको हो ।

विनिता कुमारी पौडेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कमल प्रसाद श्रेष्ठ भएको बैकिङ्ग कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी गरेता पनि कमल प्रसाद श्रेष्ठ फरार भएका कारण मुद्दा अघि बढ्न सकेको थिएन । बिहीबार श्रेष्ठलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहिको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्की पठाएको हो ।

स्थायी घर रुपन्देही तिलोतमा भएका उनी हाल कास्कीको बिरौटामा बस्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार १४ : २१ बजे