दशैंको मुखमा सर्वसाधारणलाई ठगी गर्ने पाँच जनालाई जिल्ला प्रहरी परीसरले पक्राउ गरेको छ । दैनिक जीवन यापनका क्रियाकलापमा विभिन्न व्यक्ति, समूह, विचौलियाहरुले चाड पर्वको व्यस्त, भिडभाडपूर्ण समयमा विभिन्न समस्या तथा बाध्यताको फाईदा उठाइ पाकेटमारी, चोरी, लुटपाट गर्ने पक्राउ परेका हुन् ।
यसका साथै सवारी साधनमा बढी भाडा असुली गर्ने, नक्कली टिकट बेचबिखन गर्ने तथा यात्रुहरुलाई अन्य किसिमका दुख हैरानी दिने तथा ठगी गर्ने मानिसहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा परिचालित प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रक्रिया सुरु गरेको हो ।
प्रहरीका अनुसार मकवानपुरका सन्देश श्रेष्ठ, काठमाडौंका रोहित लामा, राज कुमार डंगोल र कमल सार्की, र महोत्तरीका अनिल बुढाथोकी पक्राउ परेका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
