टी-२० विश्वकपको एसिया छनोटमा अर्ना वियरले नेपाली खेलाडीलाई नगद पुरस्कार दिने


टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीलाई अर्ना वियरले नगद पुरस्कार दिने भएको छ । अर्ना बियरले सामाजिक संजाल मार्फत पुरस्कार दिने घोषणा गरेको हो ।

टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीलाई अर्ना वियरले प्रत्येक रनको १ हजार, चौकाको १० हजार र छक्काको २० हजार रुपैयाँ दिने भएको हो । यसैगरी, बलिङतर्फ एउटा डट बल बराबर एक हजार, मेडन ओभरको १० हजार र प्रत्येक विकेटमा २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

टी–२० विश्वकपको एसिया छनोट भोलिदेखि काठमाडौंमा हुँदैछ । पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र सिंगापुरबीच हुनेछ ।

यसअघि पनि अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।