ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता, खेल मुलपानीमा


आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ । नेपालले भोलि ११ बजे मुलपानीस्थित मैदानमा हुने सेमिफाइनल खेलमा समूह बी को विजेता युएईसँग खेल्नेछ । नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो ।

ओमान समूह ‘बी’ को बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हाे ।

यी दुबै खेलमा जित हात पारेर फाइनल प्रवेश गर्ने दुई टोलीले २०२४ मा वेष्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्कप खेल्नेछन् ।

क्वाटर फाइनलकाे अन्तिम खेलमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सकेको हो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो । नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए । रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर पभेलियन फर्किए । आजको खेलमा आसिफ सेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रनमा आउट भए ।

त्रिविस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानलाई १४५ रनमा रोक्ने क्रममा नेपालका तर्फबाट बलर करण केसीले ३ विकेट हात पारे भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए । गुल्सन झा र अविनाश बोहोराको नाममा १–१ विकेट रह्यो ।

ओमानका कप्तान जिसन मक्सुदले ३२ रन बनाए । उनले २६ बलमा एक चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै मोहम्मद नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन र आयान खानले १८ रनको योगदान गरे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटको समूह बी अन्तर्गतको अर्को खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले हङकङलाई २२ रनले पराजित गरेको छ । यूएईले दिएको १७७ रनको विजयी लक्ष्य पच्छाएको हङकङले २० ओभरमा ८ वेकेट गुमाएर १५४ रन मात्र जोड्न सक्यो । यो खेल गुमाएसँगै हङकङ विश्वकप छनोटबाट बाहिरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।