ज्योति विकास बैंक : खराब कर्जा बढेसँगै नाफामा गिरावट


ज्योति विकास बैंकको नाफामा उच्च गिरावट आएको छ । खराब कर्जामा उच्च बढोत्तरी भएपछि बैंकको मुनाफा प्रभावित बनेको हो । चालु आवको असोज मसान्तसम्म बैंकको खुद नाफा ४९.२५ प्रतिशतले घटेर ५ करोड ८ लाख रुपैयाँमा संकुचित बनेको छ । गत आवको सोही अवधिमा बैंकले १० करोड ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खराब कर्जा अनुपात २.५ प्रतिशतबाट बढेर ३.७५ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै बैंकको इम्पेरमेन्ट चार्ज बढेर ३३ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यता वितरणयोग्य मुनाफा १३ करोड १५ लाख रुपैयाँ ऋणात्मक बनेको छ ।

चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार ५ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ । बैंकले असोजसम्म आइपुग्दा कुल ६१ अर्ब ८० करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १२ करोड ५१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। खुद ब्याज आम्दानी ३.७७ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३.७७ प्रतिशत घटेर ५७ करोड ३९ लाख रुपैयाँ संकुचित बनेको छ उता सञ्चालन नाफा भने ०.१४ प्रतिशत बढेर ६६ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७६ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा, स्पेडदर ४.५९ प्रतिशत, आधारदर ११.६३ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३.९ प्रतिशत, र पुँजीकोष अनुपात १२.९९ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।