माण्डू हाईड्रोपावरले १३ करोड ६३ लाख लाभांश बाँड्ने

0
Shares

माण्डू हाईड्रोपावर लिमिटेडले १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीलको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजी १ करोड ३६ करोड ३६ लाख ३७ हजारको १० प्रतिशत अर्थात् कर प्रयोजनसहित १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जानकारी दिए ।

यसैगरी, प्रस्तावित लाभांश कम्पनीको १२ औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभंश पारित गर्न मंसिर १५ गते साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ४ गते सोमबार बुकक्लोज तोकेको छ । बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।