ग्रीड परियोजनामा लगानी बढाउने नेपाल सरकार र विकास साझेदारहरुको प्रमुख प्राथमिकता

ग्रीड परियोजनामा लगानी बढाउने नेपाल सरकार र विकास साझेदारहरुको प्रमुख प्राथमिकता

नेपाल सरकारका १६ विकास साझेदार संस्थाहरुले नेपाल सरकारले हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) योजना अन्तर्गतका विभिन्न योजनाहरुको कार्यान्वयनका लागि नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग गर्न तयार रहेको जनाएका छन् ।

विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा आज आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ ।

कार्यक्रममा नेपाल सरकार, विकास साझेदार, नागरिक समाज संगठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री प्रकाशसरण महतले नेपालमा हरित, उत्थानशील तथा समावेशी विकास मोडलको आवश्यकता रहेको तथ्यलाई मनन गर्दै वर्तमान परिदृश्यमा बाह्य झड्काको सामना गर्न सक्ने, वातावरणमैत्री र जनमानसको जीवनस्तर उकास्ने विकास मोडल आवश्यक रहेको जनाएका छन् । त्यसका लागि ग्रीड परियोजना उत्तम रहेको ठहर गर्दै महतले ग्रीड परियोजन कार्यान्वयनले मानिसहरुलाई रोजगारी दिनुका साथै नेपाली जनताको जीवन उकास्न र दीगो विकास हासिल गर्नका लागि सहयोग गर्ने बताएका छन् ।

आज भएको बैठकमा ग्रीड परियोजना कार्यान्वयनका लागि आवश्यक पर्ने वित्तका लागि नेपालले अनुदान, सहुलियतपूर्ण ऋण, कार्बन वित्तपोषण लगायतका क्षेत्रमा विदेशी मुलुकसँग लबी गर्नुपर्ने र बजेटमा समेत ग्रीड परियोजनाका लागि बजेट छुट्याइउनु पर्ने छ ।

ग्रिड रणनीतिक कार्ययोजनाले १० वटा प्राथमिकताप्राप्त कार्यहरू पहिचान गरेको छ । यसमा थप उत्थानशील पूर्वाधार, परिस्थितिकी प्रणाली, र खाद्य प्रणालीका लागि भूमि, जल र वनलाई अझ बढी उत्पानदशील, दिगो र एकीकृत रूपमा व्यवस्थापन गर्नेस मानिसहरूलाई नयाँ सीप र उत्थानशील जीविकोपार्जनबाट सुसज्जित गर्नेस सहरी विकासलाई हरित बनाउनेस खानेपानी र सरसफाई विस्तार गर्नेस वायु प्रदूषण न्यूनीकरण र फोहोरमैला व्यवस्थापन गर्नेस नवीकरणीय ऊर्जालाई बढावा दिनेस यातायातको दिगोपना र उत्थानशीलता अभिवृद्धि गर्नेस विपद् जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेस र आघातप्रति थप उत्तरदायी बनाउन सामाजिक सुरक्षा एवं स्वास्थ्य प्रणाली अभिवृद्धि गर्ने विषयहरू समावेश छन् ।

कार्यक्रममा विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक अन्ना जेर्डले भनिन्, ‘नेपाललाई थप दिगो, उत्थानशील र समावेशी अर्थतन्त्रतर्फ रणनीतिक कदम चाल्न सहयोग गर्न पाएकोमा विश्व बैंक गर्व गर्दछ । नेपालको ग्रिडसम्बन्धी अवधारणाले विकास र वृद्धिलाई केन्द्रमा राखेको छ । त्यो वृद्धिले गरीबी घटाउँछ, संरचनात्मक असमानता कम गर्छ, वातावरण संरक्षण गर्छ, र विकास प्रक्रियालाई दिगो र उत्थानशील बनाउँछ । यसले बस्नयोग्य पृथ्वीमा गरिबीमुक्त समाज स्थापना गर्ने विश्व बैंकको नयाँ लक्ष्य र दूरदृष्टि हासिल गर्न मुख्य अवयवहरू प्रदान गर्दछ ।’

हाल नेपालका विकास साझेदारहरूमा एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ, नेपालस्थित अष्ट्रेलियाली राजदूतावास, बेलायती राजदूतावास, नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल, फिनिस राजदूतावास, फ्रान्सेली राजदूतावास, स्विस राजदूतावास, कोरियाली राजदूतावास, जर्मन राजदूतावास, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), शाही नर्वेजियन राजदूतावास, अमेरिकी राजदूतावास, संयुक्त राष्ट्रसंघ नेपाल र विश्व बैंक छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार १६ : ०९ बजे