टी-२० विश्वकप छनोटको उपाधि भिडन्तमा ओमानसँग नेपाल सुपर ओभरमा पराजित


टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो ।

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले १० रन मात्र जोड्न सक्यो । बिलाल खानले कँसिलो बलिङ गर्दै पहिलो बलमा कुशल भुर्तेललाई आउट गरेका थिए । त्यसअघि अविनाश बोहराले सुपर ओभरमा तीन छक्कासहित २१ रन खर्चिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।